आफ्नै धरातलमा फर्कँदै एमाले, ३४ वर्षपछि अम्बासमा बैठक 

आफ्नै धरातलमा फर्कँदै एमाले, ३४ वर्षपछि अम्बासमा बैठक 

२०८०, भाद्र ८ शुक्रवार

  • 849
    SHARES

  • आफ्नै धरातलमा फर्कँदै एमाले, ३४ वर्षपछि अम्बासमा बैठक 

    काठमाडौं । नेपाली राजनीतिमा मियोको रुपमा रहेको नेकपा एमालेले पछिल्लो समयमा आफ्नो परम्परागत ब्राण्ड खस्किएको महशुस गरेको छ ।

    गम्भिर चिन्तन र समिक्षामा जुटेको एमालेले ११ औं सचिवालय बैठक नवउर्जा प्राप्त गर्ने सोचका साथ ऐतिहासिक स्थल सिराहाको अम्बासमा बस्ने तयारी गरेको छ । 

    एमालेलाई उचाईमा पुर्याउन संजिवनी बुटी जनताको बहुदलिय जनवाद(जबज) प्रतिपादन गर्ने महान चिन्तक, दार्शनिक तथा पार्टीका आदर्शपुरुष स्व.मदन भण्डारीलाई राजनीतिको केन्द्रमा ल्याउँदै महासचिवको जिम्मेवारी सुम्पिएको स्थललाई नै बैठकस्थलको स्पमा छनोट गरेको हो । 

    धनगाढीमाई नगरपालिका १४ स्थित अम्बास त्यही स्थल हो, जसले मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको थियो । यो त्यही ठाउँ हो, जहाँ सर्रे अम्बासमा भएको चौथो महाधिवेशनबाट तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारी चयन भएका थिए ।

    सचिवालयको बैठक भोलि भदौ ९ गते शनिबार बस्दैछ । 

    २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक अम्बासमा बस्ने निर्णय गरेको बताईएको छ । 

    पछिल्ला महाधिवेशनमा कार्यकर्ताबाट अस्विकृत, अलोकप्रिय तथा अपारदर्शी एवं असहिष्णु नेतालाई अध्यक्ष केपी शर्मा ओलीले गोजीबाट नाम निकाली नेता बनाउन थालेकामा भने कार्यकर्ता चिन्नित र आक्रोशित देखिन थालेका छन् । यद्यपि पार्टीमा केपी शर्मा ओली पनि स्व भण्डारी जत्तिकै लोकप्रिय रहेका युवा नेता बिनोद राना बताउँछन् ।

    देश बनाउने हुटहुटी ओलीमा अधिक देखिए पनि अन्य नेता परीक्षाबाटै गुज्रिरहेका छन् । आगामी दिनमा विचारक तथा सादगी नेताको छवि बनाउँदै आएका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ गतिदिने अपेक्षा गरिएको छ । 

    यद्यपि पोखरेल अस्विकृत तथा अलोकप्रिय नेताको चंगुलबाट बाहिर निस्किएर तिन लेयरको सचिवालय टिम एवं मेचीकालीका कार्यकर्ता तथा जनताको भावना बमोजिम आफुलाई तयार गर्न भने ढिलाई गर्न नहुने बाम बुद्धिजिवी छन्द प्रसाद आचार्यले बताए । 

    २०८०, भाद्र ८ शुक्रवार०८:४३:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार