आज रोपाइँजात्रा, बौद्धनाथ क्षेत्रविकासको सहभागितामा भव्य रुपमा मनाईँदै 

आज रोपाइँजात्रा, बौद्धनाथ क्षेत्रविकासको सहभागितामा भव्य रुपमा मनाईँदै 

२०८०, भाद्र १५ शुक्रवार

  • 1.0K
    SHARES

  • आज रोपाइँजात्रा, बौद्धनाथ क्षेत्रविकासको सहभागितामा भव्य रुपमा मनाईँदै 

    काठमाडौँ । विगतका वर्षहरुझै यसवर्ष पनि काठमाडौंको वौद्ध क्षेत्रमा गाइजात्रा तथा रोपाइँजात्रा (घोनाई) भव्य रुपमा मनाइने भएको छ। परम्परागत रूपमा काठमाडौ उपत्यकामा मनाइने गाईजात्रा पर्वको आफनै इतिहास रहि आएकोमा गाईजात्राको भोलि पल्ट मनाउने बौद्धको रोपांइजात्रा तिनै सांस्कृतिक जात्रा एवं पर्वहरु मध्ये छुट्टै विशेषता एवं मौलिक पहिचान बोकेको जात्रा हो ।

    काठमाडौ महानगरपालिका वडा नम्बर ६ र बौद्धनाथ क्षेत्र बिकास समितिको आर्थिक सहयोगमा गाइजात्रा तथा रोपाइँजात्रा(घोनाइ) मृतकका आत्माको शान्तिको कामना गर्दै मनाउन लागिएको हो। 

    काठमाडौ महानगरपालिका सम्पदा शाखा मार्फत १५ लाख र बौद्धनाथ क्षेत्र बिकास समितिको १० लाख जात्रा मनाउनका लागि विनियोजन गरिएको क्षेत्रविकास समिति अध्यक्ष राजकुमार लामा र महानगर वडा नं ६ का अध्यक्ष भुवन लामाले जनाएका छन् । 

    विगतमा बौद्धका स्थानीयबासीहरु कृषि पेशामा आश्रित थिए, जब खेतबारीमा बाली लगाई सकेपछि हुने फुर्सदको समयमा मनोरञ्जनात्मक रुपमा व्यतीत गर्न चाहन्थे । त्यसैक्रममा रोपाइँजात्रा पर्वको परापूर्वकालदेखि नै शुभारम्भ भएको मानिन्छ । एकीन रुपमा कहिलेदेखि यो पर्व सुभारम्भ भन्ने विषयमा तथ्य फेला नपरेता पनि आजसम्म यस पर्वलाई  बौद्धको मौलिक जात्राको रुपमा मनाइँदै आएको पाइन्छ । गाईजात्राको भोलिपल्ट बौद्धका तामाङ समुदायले रोपाइँ जात्रा मनाउने गर्दछन्।

    कार्यक्रम सम्पन्न गर्न गाईजात्रा मूल समारोह समितिको संयोजनमा २१ सदस्यीय गाईजात्रा तथा रोपाइजात्रा (घोनाई) मुल समारोह समिति गठन गरिएको छ । उक्त जात्रामा १० विविध विधाहरूमा इच्छुक जो कोही प्रतिस्पर्धीको रुपमा सहभागी गराउने तथा प्रतिस्पर्धी मध्येबाट विधागत उत्कृष्ट कलाकारहरुलाई प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार नगद प्रदान गरिने छ ।

    प्रतिस्पर्धा विधाहरु जस्तै लाखे, बाउसे, रोपाहार, झाकी, हास्य-व्यंग्य, हल गोरु, घोडा, घोनाई नाच, बाल रोपार र बाल बाउसे आदि रहनेछन् । विगतका वर्षहरुमा भन्दा यस पटकको यो जात्रा फरक एवं उत्कृष्ट हुने आयोजकले दावी गरेको छ ।

    रोपाईँजात्राको अवसरमा काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा समेत दिएको छ । 

    २०८०, भाद्र १५ शुक्रवार०७:४९:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार