कोरोना अपडेट : थप २४० जनामा संक्रमण, ३८ जना भेन्टिलेटरमा

कोरोना अपडेट : थप २४० जनामा संक्रमण, ३८ जना भेन्टिलेटरमा

२०७७, माघ ३ शनिवार

  • 2.1K
    SHARES

  • कोरोना अपडेट : थप २४०  जनामा संक्रमण, ३८ जना भेन्टिलेटरमा

    माघ ३, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

     देशभरका प्रयोगशालामा ३ हजार ८१९ नमुना परीक्षण गर्दा ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

    संक्रमितमध्ये २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ९५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर ४ हजार ५८ संक्रिय संक्रमित छन् । जसमध्ये १६९ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

     

    २०७७, माघ ३ शनिवार०५:४३:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार