एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

२०८०, भाद्र २६ मंगलवार

  • 1.0K
    SHARES

  • एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

    काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

    बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताए । 

    २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहेका नेम्वाङ २०६४ सालको संविधानसभा निर्वाचन र २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम- २ बाट विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे ।

    गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।

    नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

    २०८०, भाद्र २६ मंगलवार०४:४९:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार