स्रष्टाका खबरदारी सुन्न आह्वान

स्रष्टाका खबरदारी सुन्न आह्वान

२०७७, माघ ४ आइतवार

  • 2.1K
    SHARES

  • स्रष्टाका खबरदारी सुन्न आह्वान

    माघ ४, काठमाडौँ ।

    देशलाई अग्रगतिमा लान आह्वान गरिएका स्रष्टाका खबरदारीपूर्ण आवाजलाई राजनीतिक नेतृत्वले सुन्नुपर्नेमा स्रष्टाहरुले जोड दिएका छन् । 

    साहित्य सन्ध्याको शनिबार आयोजित ४१२औँ शृङ्खलामा प्रा डा भीम खतिवडाले स्रष्टाले समाज रूपान्तरण र खबरदारीको काम गरिरहेको तर राजनीति अस्तव्यस्त र अस्थिर भएको टिप्पणी गरे।

    उनले बिग्रिएको समयलाई सुधार्ने समय आएकाले राजनीतिलाई कमाइखाने भाँडो नबनाई समाज सेवामा रूपान्तरण गरी समृद्धि र विकासमा केन्द्रित हुन आग्रह पनि गरे ।

    गोष्ठीमा गायत्री लम्साल, उर्मिला पन्त पाण्डेय, डा राजेन्द्र अधिकारी, कात्यायन, गोपाल बराल, शान्ता मानवी, गोपालकुमार मैनाली, रमेश पोखरेललगायतले रचना वाचन गरेका थिए । 

    २०७७, माघ ४ आइतवार११:०२:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार