काठमाडौँ महानगरद्धारा पानी उद्योगलाई एक लाख जरिवाना

काठमाडौँ महानगरद्धारा पानी उद्योगलाई एक लाख जरिवाना

२०८०, आश्विन २६ शुक्रवार

  • 1.2K
    SHARES

  • काठमाडौँ महानगरद्धारा पानी उद्योगलाई एक लाख जरिवाना

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवानासहित निर्देशन दिएको छ ।

    बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै बिहीबार रु एक लाख जरिवाना गरिएको महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले जानकारी दिनुभयो ।

    पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको उहाँको भनाइ छ । बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो ।

    महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।

    काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि रु एक लाख जरिवाना गरेको थियो ।

    २०८०, आश्विन २६ शुक्रवार०७:५२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार