रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु

रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु

२०७७, माघ ४ आइतवार

  • 2.1K
    SHARES

  • रु ७०० ले ओरालो लाग्यो पहेंलो धातु

    माघ ४, काठमाडौँ ।

    स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । 

    तोलामा नै रु ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छ । 
    छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।

    यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै रु ७०० ले घटेको छ । 

    रु ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको छ । 

    यस्तै चाँदी तोलामा रु ३० ले घटेको छ । रु एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने रु एक हजार २३० मा मूल्य निर्धारण भएको छ । 

    २०७७, माघ ४ आइतवार१२:२७:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार