कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, जसपा र राप्रपाले नदिने

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, जसपा र राप्रपाले नदिने

२०८०, कार्तिक १ बुधवार

  • 865
    SHARES

  • कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, जसपा र राप्रपाले नदिने

    काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । उनले आज ११ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।

    संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई राप्रपा र जसपाबाहेकका सबै दलले मत दिने भएका छन् ।

    कार्कीले ९३ मध्ये ८५ सांसदको विश्वास छ भन्ने मत प्राप्त गर्नेछन् । नेपाली कांग्रेसका सबै सांसदलाई पक्षमा मत हाल्न पार्टीको केन्द्रीय समितिले पत्राचार गरेको छ । कांग्रेसका २९ सांसद छन् ।

    नेकपा एमालेका ३९ सांसदले पनि कार्कीको पक्षमा मत हाल्ने कोशी प्रदेश प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिएका छन् ।

    माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गर्ने भएको छ । पार्टीको प्रदेश कमिटीले यसबारे निर्णय गरेको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले बताए । माओवादी केन्द्रसँग १३ सांसद छन् ।

    नेकपा एकीकृत समाजवादीले पनि कार्कीलाई मत दिने भएको छ । समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले यसबारे छलफल भएको बताए । समाजवादीका ४ सांसद छन् ।

    राप्रपाले भने कार्कीलाई मत नदिने भएको छ । यसअघि नै बसेको राप्रपाको बैठकले कोशी सरकारबारे तटस्थ बस्ने निर्णय गरिसकेको छ । कोसी प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । यता १ सांसद भएको जसपाले पनि मत नदिने भएको छ ।

    २०८०, कार्तिक १ बुधवार०७:३८:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार