भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु, रुकुममा ३९ को विवरण प्राप्त

भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु, रुकुममा ३९ को विवरण प्राप्त

२०८०, कार्तिक १८ शनिवार

  • 1.2K
    SHARES

  • भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु, रुकुममा ३९ को विवरण प्राप्त

    काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।

    ५५ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । 

    भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको पनि प्रहरीले जनाएको छ । 

    भूकम्पमा परेर रुकुम पश्चिममा ३९ जनाको मृत्यु भएको छ । त्यहाँ १०५ जना घाइते रहेको रहेका छन् । हालसम्मको जानकारी अनुसार मृत्यु हुनेको संख्या १३१ पुगेको छ । 

    २०८०, कार्तिक १८ शनिवार०७:५१:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार