गृहमन्त्री श्रेष्ठ गङ्गालालमा, स्वास्थ्य अवस्था स्थिर 

गृहमन्त्री श्रेष्ठ गङ्गालालमा, स्वास्थ्य अवस्था स्थिर 

२०८०, मंसिर २० बुधवार

  • 765
    SHARES

  • गृहमन्त्री श्रेष्ठ गङ्गालालमा, स्वास्थ्य अवस्था स्थिर 

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

    मन्त्री श्रेष्ठ नियमित उपचारका लागि मंगलबार राति शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

    हाल उनको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

    मन्त्री श्रेष्ठ गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीन भ्रमणमा गएका बेला मुटुमा समस्या ९एक्युट मायोकार्डियल इन्फेक्सन० भएको थियो। त्यहीँ उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको ब्यहोरा जानकारीमा आएको मन्त्रालयले बताएको छ।

    ‘उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा आज मिति २०८० मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनुभई आंशिक अवरोध रहेको भागमा समेत डा। अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा उपचाररत रहनुभएको र हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको ब्यहोरा अस्पतालले जनाएको छ,’ मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ।

    २०८०, मंसिर २० बुधवार०७:५१:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार