एमाले उपत्यका विशेषद्धारा ८७ वटा घरटहरा निर्माण

एमाले उपत्यका विशेषद्धारा ८७ वटा घरटहरा निर्माण

२०८०, मंसिर २१ बिहिवार

  • 1.0K
    SHARES

  • एमाले उपत्यका विशेषद्धारा ८७ वटा घरटहरा निर्माण

    जाजरकोट । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले जाजरकोट भुकम्प पिडितका लागि घरटहरा निर्माण गरेको छ ।

    गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भुकम्पबाट प्रभावित नलगाड नगरपालिका १ स्थित चिउरी तथा राम्री गाउँमा पालमुनि बसिरहेका ४ सय ५२ जना व्यक्तिहरु लाभान्वित हुनेगरि ८७ वटा घरटहरा निर्माण गरिएको प्रदेश अध्यक्ष प्रेम कुमार पराजुलीले बताए ।

    555.jpg

    मंसिर पहिलो हप्ता गएको उपत्यकाको २५ जनाको टोलीले पन्ध्र दिनको समय लगाएर तयार गरेको उक्त घरटहरा मंगलवार एक कार्यक्रमका बीच स्थानिय समुदायलाई हस्तान्तरण गरिएको प्रदेश कमिटी सदस्य प्रकाश भट्टराईले बताए । 

    हाल ११ सय भन्दा बढि एमाले स्वयंसेवकहरु जाजरकोट र रुकुम परिश्चममा भुकम्पबाट घरटहरा भत्किएर निस्किएको भग्नावशेष सफा गर्न र बनाउनमा खटिएका छन् । 

    22.jpg33.jpg3333.jpg333.jpg

    २०८०, मंसिर २१ बिहिवार११:२३:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार