काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिटको टुंगो करिव नजिक पुगेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रियसभाका १९ सिटमा भागबण्डा गरेको हो ।
बैठकले नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने गरी सिटको टुंगो लगाएको कांग्रेसका नेताको दाबी छ ।
पाँच सिटको दाबी गर्दै तीनमा झरेको एकीकृत समाजवादीले दुई सिटमा नै चित्त बुझाएको छ। समाजवादीले बागमती र गण्डकी प्रदेशमा उम्मेदवारी दिने पक्का भएको छ।
यद्यपि सबै पार्टीले आ -आफ्ना दलमा पुन एकपटक छलफल गर्ने गरि अहिलेलाई यी संख्या टुंग्याएका छन् ।
राष्ट्रियसभाको मतदान माघ ११ गते हुँदैछ। त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। जसको लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ।