एमाले उपत्यका विशेष प्रदेशमा १२ सदस्य मनोनयन, सचिवालय र सल्लाहकार परिषद् गठन

एमाले उपत्यका विशेष प्रदेशमा १२ सदस्य मनोनयन, सचिवालय र सल्लाहकार परिषद् गठन

२०८०, पौष २३ सोमवार

  • 765
    SHARES

  • एमाले उपत्यका विशेष प्रदेशमा १२ सदस्य मनोनयन, सचिवालय र सल्लाहकार परिषद् गठन

    काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले १२ जना सदस्य मनोनित गरेको छ । 

    विशेष प्रदेशको अघिल्लो हप्ता राजधानीमा बसेको पहिलो बैठकले नयाँ १२ सदस्य थप गरेको हो । यसरी थपिएकाहरुमा प्रदेशका ४ वटा जिल्लाबाट प्रतिनिधित्व हुने गरि क्रमशः एकराज लकान्द्री, कृष्ण कुमार अर्याल, कृष्ण कुमार फुँयाल, डि अर्याल, गम्भिर तण्डुकार, झलक गौतम, खिम पन्थी, प्रकाश कुमार श्रेष्ठ, धर्म कुमार श्रेष्ठ, दिपेन्द्र भण्डारी र कविन्द्र शेखर रिमाल रहेका छन् । 

    44.jpg

    बैठकले पदाधिकारी, विभाग प्रमूख र जिल्ला इन्चार्ज रहनेगरि १७ सदस्यीय सचिवालय र सल्लाहकार परिषद समेत गठन गरेको छ । बैठकले ९ वटा विभाग गठन गर्नुका साथै एउटा कार्यदल पनि बनाएको छ ।

    बैठक एमाले पोलिटव्युरो सदस्य तथा विशेष प्रदेश ईन्चार्ज सुजिता शाक्यको प्रमूख आतिथ्यता तथा प्रदेश अध्यक्ष प्रेम कुमार पराजुलीको अध्यक्षतामा बसेको थियो । 

    333.jpg

     

    २०८०, पौष २३ सोमवार०८:५६:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार