राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन 

राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन 

२०८०, पौष २३ सोमवार

  • 517
    SHARES

  • राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन 

    काठमाडौँ । १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

    निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदान हुने छ ।

    निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ ।

    २०८०, पौष २३ सोमवार०७:०४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार