माघ ५, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ३०६ नमुना परीक्षण गर्दा १२४ महिला र १९८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
संक्रमितहरुमध्ये २ लाख ६१ हजार ८१८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३ हजार ८६१ संक्रिय संक्रमित छन् । संक्रमितहरुमध्ये १ हजार १०२ जनाको होम आइसोलेसनमा छन् भने १६१ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म देशभर १ हजार ९६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।