त्रिशूलीमा बस खस्यो, चारको मृत्यु, ३० जना भन्दा बढी घाइते

त्रिशूलीमा बस खस्यो, चारको मृत्यु, ३० जना भन्दा बढी घाइते

२०८०, फाल्गुण २३ बुधवार

  • 821
    SHARES

  • त्रिशूलीमा बस खस्यो, चारको मृत्यु, ३० जना भन्दा बढी घाइते

    धादिङ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ ।

    आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।

    दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् ।

    बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

    २०८०, फाल्गुण २३ बुधवार०८:०२:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार