१० हजार स्याउखेती गर्दै महासचिव ‘विप्लव’ जुम्लामा

१० हजार स्याउखेती गर्दै महासचिव ‘विप्लव’ जुम्लामा

२०८०, फाल्गुण २५ शुक्रवार

  • 1.2K
    SHARES

  • १० हजार स्याउखेती गर्दै महासचिव ‘विप्लव’ जुम्लामा

    जुम्ला । हिम गाउँपालिका-६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जुम्ला पुगेका छ ।

    महासचिव ‘विप्लव’ले सामूहिक स्याउखेतीका लागि बिरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए । पार्टीको निर्णयअनुसार सामूहिक स्याउखेती सुरु गर्न लागिएको जनाइएको छ ।

    कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ ।

    पार्टीले कृषि उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामूहिक स्याउखेती सुरु गरिएको महासचिव ‘विप्लव’ले बताए ।

    २०८०, फाल्गुण २५ शुक्रवार०९:०१:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार