कोशी सरकार ढल्दैन : मुख्यमन्त्री कार्की

कोशी सरकार ढल्दैन : मुख्यमन्त्री कार्की

२०८०, फाल्गुण २७ आइतवार

  • 805
    SHARES

  • कोशी सरकार ढल्दैन : मुख्यमन्त्री कार्की

    काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार परिवर्तन नहुने बताएका छन् ।

    झापाको बिर्तामोड-३ स्थित बिर्ता बजारमा शनिवार मदरसा तालिमुल कुरानको भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकार नढल्ने बताएका हुन् ।

    ‘पटुवाको सन्ठीले नरिवल घोचे जस्तो कसैले चाहँदैमा घोचेर कोशी प्रदेश सरकार नढल्ने उल्लेख गर्दै उनले भने, ‘सन्ठीले घोच्दा नरिवल झर्दैन ।’ विद्यार्थीलाई सक्षम बनाउने दायित्व प्रदेश सरकारको पनि भएको बताउँदै पढाइमा अब्बल रहेका विद्यार्थीलाई प्रदेश सरकारले पैसा तिरेर पढाउने उल्लेख गरे ।

    आर्थिक अवस्थाका कारण अध्ययनबाट बञ्चित बालबालिकालाई प्रदेश सरकारले नै पढाउने वातावरण सिर्जना गर्ने योजना पनि अघि बढाइएको उनको भनाइ छ । त्यस अवसरमा मुख्यमन्त्री कार्कीले भवनको शिलान्यास गरेका थिए । उक्त मदरसा भवन निर्माणका लागि ४८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

    ४ कठ्ठा १८ धुर जग्गामा निर्माण हुन लागेको भवन कोशी प्रदेश सरकार, झापाका अन्य स्थानीय तह, बिर्तामोड नगर र दाताहरुको सहयोगमा निर्माण गर्न लागिएको जनाइएको छ ।

    २०८०, फाल्गुण २७ आइतवार०७:४३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार