देशभरिका बालबालिकालाई आज भिटामिन ‘ए’ खुवाइँदै

देशभरिका बालबालिकालाई आज भिटामिन ‘ए’ खुवाइँदै

२०८१, बैशाख ६ बिहिवार

  • 709
    SHARES

  • देशभरिका बालबालिकालाई आज भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौँ । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।

    प्रत्येक वर्ष बालबालिकालाई वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रूपमा खुवाउँदै आएको सरकारले यसपटक पनि आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

    मन्त्रालयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा जुकाको औषधि एक देखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

    भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ ।

    २०८१, बैशाख ६ बिहिवार०८:०६:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार