यूएईमा फेरि भीषण वर्षा, अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न सूचना

यूएईमा फेरि भीषण वर्षा, अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न सूचना

२०८१, बैशाख २० बिहिवार

  • 805
    SHARES

  • यूएईमा फेरि भीषण वर्षा, अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न सूचना

    दुबई । युनाइटेड अरब इमिरेट्रसमा विहीबार बिहानैदेखि अचाक्ली वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ । 

    दुवईका बासिन्दा बिहान उठ्दा हुरी, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । मौसम प्रक्षेपणभन्दा अघि नै बिहान ३ बजे नै यो अवस्था आएको थियो । खाडी मुलुक यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।

    ठूलो वर्षा सुरुमा  राजधानी अबुधावीबाट सुदूर पश्चिममा रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो । 

    विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको जनाइएको छ । अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेमा होसियारी अपनाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेको गल्फ न्युजले जनाएको छ । -एजेन्सी । 

    २०८१, बैशाख २० बिहिवार१०:५६:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार