माउन्टेन इनर्जी नेपालको आइपिओ बाँडफाँड

माउन्टेन इनर्जी नेपालको आइपिओ बाँडफाँड

२०७७, मंसिर १७ बुधवार

  • 5.2K
    SHARES

  • माउन्टेन इनर्जी नेपालको आइपिओ बाँडफाँड

    मंसिर १७, काठमाडौं ।

    माउन्टेन इनर्जी नेपालले आइपिओ बाँडफाँड गरेको छ । आइपिओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज माउन्टेनको आइपिओ बाँडफाँट गरेको हो । 
     

    गत कात्तिक २६ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा ६ लाख ५३ हजार २९१ आवेदकले निवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ७१६ जनाको आवेदन रद्द भई ६ लाख ५१ हजार ५७५  जनाले सहभागिता जनाएका थिए ।
     

    योग्य आवेदकमध्ये गोलाप्रथाबाट एक लाख ८३ हजार २६ जनाले शेयर पाएको नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले जानकारी दिए । उनका अनुसार सहभागीमध्ये पाँच जनाले ११ तथा बाँकीले १० कित्ता शेयर पाएका छन् ।

    शेयर आवेदन गर्दा २० कित्ताभन्दा बढी आवेदन दिनेलाई दोस्रो गोलाप्रथामार्फत पाँच जनाले थप एक कित्ता शेयर पाएका हुन्  ।  

    कम्पनीले १९ लाख ६८ हजार २७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो जसमा ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारी तथा ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
     

    कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत् आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    २०७७, मंसिर १७ बुधवार१२:४९:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार