सन्दीपको मुद्दामा आज अन्तिम बहस, साँझ सम्म सुनुवाइ हुने

सन्दीपको मुद्दामा आज अन्तिम बहस, साँझ सम्म सुनुवाइ हुने

२०८१, जेठ २ बुधवार

  • 865
    SHARES

  • सन्दीपको मुद्दामा आज अन्तिम बहस, साँझ सम्म सुनुवाइ हुने

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।

    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो।

    यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन पुगेका थिए । 

    २०८१, जेठ २ बुधवार०८:०१:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार