आज बजेट सार्वजनिक हुँदै

आज बजेट सार्वजनिक हुँदै

२०८१, जेठ १५ मंगलवार

  • 689
    SHARES

  • आज बजेट सार्वजनिक हुँदै

    काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दैछ।

    अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदमा पेश गर्दै सार्वजनिक गर्न लागेका हुन्।

    दिउँसो १ बजे बस्ने प्रतिनिधि र बस्ने राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्नेछन्।

    संवैधानिक व्यवस्था अनुसार जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यता हुन्छ। सोही बमोजिम आज बजेट ल्याउन लागिएको हो।

    बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो। यसअघि सरकारले यही जेठ १ गते नीति तथा कार्यक्रम ल्याएको थियो।

    पटक-पटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् अवरोधका बीच सरकारले जेठ १३ गते सरकारले संसदबाट नीति तथा कार्यक्रम पारित गरेको भयो। प्रमुख प्रतिपक्षी दल कांग्रेसको नाराबाजीका बीच पारित भएको हो।

    आज बस्ने संसदमा भने सहकारी प्रकरणको छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरू सहमति नजिक पुगेकाले कांग्रेसको अवरोध नरहने बताईएको छ । 

    संविधानको धारा ११९ ले जेठ १५ आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीले संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुपर्ने प्रावधान छ।

    २०८१, जेठ १५ मंगलवार०८:३९:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार