मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी 

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी 

२०८१, जेठ २५ शुक्रवार

  • 689
    SHARES

  • मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी 

    काठमाडौँ । मधेश सरकारको मुख्यमन्त्रीमा जनमत पार्टीको पक्षमा सरकार बनाउने गरि प्रदेश सभा सदस्य सतिश सिंहको दाबी परेको छ । जनमत पार्टीलाई ठूला केन्द्रीय सत्ता समर्थक एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थन प्राप्त हुने निश्चित भएपछि सिंहले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा आज बिहान दाबी पेश गरेका हुन् ।

    मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दाबी पेश गर्न समय दिएकी थिइन् ।

    ११ मन्त्रालय रहेको मधेश प्रदेशमा जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिना विभागीय मन्त्रालय पाउने सहमति छ । त्यस्तै साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रले अर्थ र पर्यटन मन्त्रालय पाउनेछन् ।

    नेकपा एकीकृत समाजवादीलाई कृषि, ऊर्जा तथा सिँचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको जनमत पार्टी निकट सूत्रले जानकारी दिएको छ ।

    १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको दाबी पेश गरिएको छ ।

    २०८१, जेठ २५ शुक्रवार०९:१२:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार