काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज शनिबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक एक रुपैयाँ घटाएको जनाएको छ ।
भारतिय आयल निगमबाट जुन १५ अर्थात असार १ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको आयल निगमले जनाएको छ ।
यससँगै काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५२ कायम भएको छ ।
एलपी ग्याँसको मूल्यभने यथावत राखिएको छ ।
