लुक्लामा जेठ २६ गतेदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

लुक्लामा जेठ २६ गतेदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

२०८१, आषाढ ४ मंगलवार

  • 753
    SHARES

  • लुक्लामा जेठ २६ गतेदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

    सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण गत जेठ २६ गतेदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । त्यसयता सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।

    अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला एयर ट्राफिकले जनाएको छ ।  

    अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ प्राधिकरणले भनेको छ । -एजेन्सी ।

     

    २०८१, आषाढ ४ मंगलवार०९:१०:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार