रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन

रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन

२०८१, आषाढ ६ बिहिवार

  • 733
    SHARES

  • रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन

    मस्को । उत्तर कोरियाको भ्रमणमा रूहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गर्नुभएको छ ।

    उहाँले युक्रेन युद्धलगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गर्नुभएको रूसी सञ्चारमाध्यमले जर्नाका छन् ।

    “युक्रेनी मुद्दासहित रूसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौं,” उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भन्नुभयो ।

    प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ’समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गर्नुभयो ।

    “रूस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्”, उहाँले भन्नुभयो ।

    दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ । -एजेन्सी । 

    २०८१, आषाढ ६ बिहिवार०८:३२:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार