नाभाल्नीको रिहाई तत्काल नगरिने क्रेमलिनको भनाइ

नाभाल्नीको रिहाई तत्काल नगरिने क्रेमलिनको भनाइ

२०७७, माघ ७ बुधवार

  • 1.0K
    SHARES

  • नाभाल्नीको रिहाई तत्काल नगरिने क्रेमलिनको भनाइ

    माघ ७, मस्को । 

    रूसी प्रशासनिक केन्द्र क्रेमलिनले विपक्षी नेता नाभाल्नीको रिहाईका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहलाई अस्वीकार गरेको छ ।

    मस्कोले नाभाल्नीले विशाल विरोधका लागि गरेको आह्वान राष्ट्रको हितमा नभएको भन्दै उनलाई तत्काल रिहा गर्न नसकिने बताएको हो ।

    राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँगको कुराकानीमा भने, “हामीले आन्दोलनका लागि विपक्षी नेताले गरेका आह्वानहरूलाई सुनेका छौं । यसलाई वेवास्ता गर्न सक्दैनौं ।” नाभाल्नी जर्मनीमा रहेर उपचार गरी करिब पाँच महिनापछि आइतबार मस्को फर्केपछि क्रेमलिनले दिएको यो पहिलो प्रतिक्रिया हो ।

    पेस्कोभले भने, “नाभाल्नीले आफूलाई स्वदेश फर्केको एक घण्टाभित्र पक्राउ गरिएको र अनुसन्धानका लागि ३० दिन प्रहरी नियन्त्रणमा राखिने जानकारीपछि  ‘गैरकानूनीरूपमा’ आन्दोलनका लागि गरेको आह्वानले क्रेमलिनलाई धक्का पुगेको छ ।” 

    रूसी प्रशासनले उनलाई स्वदेश फर्किएपछि पक्राउ गर्नसक्ने चेतावनीबीच उनी राजधानी मस्को गएका हुन् । क्रेमलिनको कट्टर आलोचक विपक्षी नेता नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको बताउँदै यसक्रममा आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएकोे बताए ।  

    गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । 

    उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए ।

    उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाह अनुसार त्यहीँ आराम गरिरहेका थिए । 

    फ्रान्सेली र स्वीडेनी प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको हुनसक्ने रिपोर्ट जर्मनीले दिएको छ ।- एजेन्सी । 

    २०७७, माघ ७ बुधवार०६:४२:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार