टि–२० विश्वकपः अपराजित भारत र दक्षिणअफ्रिका बिचको भिडन्त रोचक हुने अनुमान 

टि–२० विश्वकपः अपराजित भारत र दक्षिणअफ्रिका बिचको भिडन्त रोचक हुने अनुमान 

२०८१, आषाढ १४ शुक्रवार

  • 793
    SHARES

  • टि–२० विश्वकपः अपराजित भारत र दक्षिणअफ्रिका बिचको भिडन्त रोचक हुने अनुमान 

    काठमाडौँ । इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

    गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो । यससँगै अब भारतले उपाधिका लागि दक्षिणअफ्रिकासँग खेल्नेछ । 

    यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    जवाफमा इङ्ल्याण्ड १६ दशमालव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रनमा समेटिएको थियो ।

    बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा तेस्रो पटक स्थान बनाएको हो । दक्षिण अफ्रिका पहिलो पटक फाइनल पुगेको हो ।  फाइनल खेल शनिबार राति सवा ८ बजे बार्बाडोसमा हुनेछ । भारत सन् २००७को च्याम्पिपयन र २०१४ को उपविजेता टोली हो ।

    जारी विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण अंक बाँड्न पुगेको थियो ।

    सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।

    उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराउँदै समूह विजेता बनेको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो ।

    यससँगै फाइनल खेल रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

    २०८१, आषाढ १४ शुक्रवार०४:०४:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार