खतराको तहमा सप्तकोशी नदी, ब्यारेजका ४१ ढोका खोलिए

खतराको तहमा सप्तकोशी नदी, ब्यारेजका ४१ ढोका खोलिए

२०८१, आषाढ २३ आइतवार

  • 1.1K
    SHARES

  • खतराको तहमा सप्तकोशी नदी, ब्यारेजका ४१ ढोका खोलिए

    धरान (सुनसरी) । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

    सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

    सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

    २०८१, आषाढ २३ आइतवार०८:४१:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार