पेट्रोल, डिजेलको भाउ बढ्यो

पेट्रोल, डिजेलको भाउ बढ्यो

२०८१, श्रावण १ मंगलवार

  • 717
    SHARES

  • पेट्रोल, डिजेलको भाउ बढ्यो

    काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।

    नेपाल आयल निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा ४ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको जानकारी दिएको छ।

    भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

    मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।

    डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।

    निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा चार रूपैयाँ ४८ पैसा र डिजेलको दुई रूपैयाँ ८३ पैसा बढाएर नयाँ मूल्य पठाएको छ। ग्याँसको मूल्य भने यथावत रहेको छ । 

    निगमले अन्तरराष्ट्रिय मूल्य अनुसार १५ १५ दिनमा पेट्रोल, डिजल तथा मट्टितेलको मूल्यमा समायोजन गर्दै आएको छ । 

    २०८१, श्रावण १ मंगलवार०७:४३:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार