पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घट्यो

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घट्यो

२०८१, श्रावण १६ बुधवार

  • 729
    SHARES

  • पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतबाट पेट्रोलमा प्रति लिटर ९८ पैसा, डिजेलमा २ रुपैयाँ २८ पैसा, मट्टितेलमा ३ रुपैयाँ २८ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ३१ पैसा तथा एलपीजी ग्याँसमा ६ रुपैयाँ ९७ रुपैयाँ घटेर नयाँ दर रेट आएपछि निगमले मूल्य घटाएको हो ।

    निगमले हाललाई पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएको छ भने हवाई इन्धन र एलपीजी ग्याँसको मूल्य यथावत राखिएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रति लिटर १ सय ७० रुपैयाँ तथा डिजल र मट्टितेल प्रति लिटर १ सय ५८ रुपैयाँ कायम भएको छ ।

    २०८१, श्रावण १६ बुधवार०९:४१:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार