झापामा फैलिँदै डेंगी, एकको मृत्यु

झापामा फैलिँदै डेंगी, एकको मृत्यु

२०८१, श्रावण २६ शनिवार

  • 729
    SHARES

  • झापामा फैलिँदै डेंगी, एकको मृत्यु

    झापा । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

    हल्दीबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको उपचारको क्रममा बिएन्डसी अस्पताल, बिर्तामोडमा शुक्रबार दिउँसो मृत्यु भएको हो।

    सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बिएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

    दाहाल विगत १३ वर्षदेखि उक्त विद्यालयमा शिक्षण पेशा गर्दै आइरहेकी थिइन्।

    २०८१, श्रावण २६ शनिवार०९:००:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार