साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशैभरका शिवालयमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशैभरका शिवालयमा भक्तजनको भिड

२०८१, श्रावण २८ सोमवार

  • 805
    SHARES

  • साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशैभरका शिवालयमा भक्तजनको भिड

    काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

    काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीहरुले पशुपतिनाथ परिसर भरिएको छ । 

    साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

    यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, खोटांगको हलेँसी, झापाको कन्काई नदी लगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधना गरिरहेका छन् ।

    २०८१, श्रावण २८ सोमवार०७:५४:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार