काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय परिषद सम्पन्न भएको छ । भाद्र १ र २ गते काठमाडौंमा चलेको २३ औं राष्ट्रिय परषदले २१ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न गरेको हो ।
संगठनको स्वस्थता तथा पेशागत हकहितका मुद्धामा काविल संगठनको रुपमा चिनिएको संगठनको धार भुत्तो भएको भन्दै देशैभरका शिक्षक तथा कर्मचारी आक्रोशित देखिएका छन् ।
खासगरि गतसाल असोज ३ - ५ गतेको शिक्षक हड्ताल तथा शिक्षक महासंघका काम कारवाही लिएर नेपाल राष्ट्रिय शिक्षक संगठन आबद्ध शिक्षक कर्मचारीहरु रुष्ट छन् । शिक्षक नेताले उपयुक्त समयमा उचित निर्णय लिन नसकेको, विना प्रतिफल सरकारसँग घुँडा टेकेको, आन्दोलनको मर्म स्थापित गर्न नसकेको लगायतका गम्भिर आरोप लगाउँदै आएका छन् ।
सोही समयमा बसेको परिषद बैठक रणसंग्राम बन्ने हो की भन्ने चिन्ता थपिएको थियो । यद्यपि राष्ट्रिय समितिको बैठकले केही मत्थर गर्ने प्रयास गरे पनि परिषदमा एमाले नेताहरुले शिक्षक कर्मचारीलाई सहि ढंगले अगुवाई गर्न नसकेका पार्षद सदस्यले बताएका छन् । जसले पार्टी र संगठन बिच दुरी थप बढाउने आशंका गरिएको छ ।

घोषणापत्रः
१. सरकारको स्थायीत्व सुसासन र समृद्धिका लागि नेकपा एमालेका अध्यक्ष क केपी शर्मा ओलीको नेतृत्वमा नयाँ समिकरण सहित सरकार गठन भएको छ। यो परिषद् यसको समर्थन गर्दै सरकारलाई बधाई ज्ञापन गर्दछ। साथै यो कार्यकालमा विद्यमान शैक्षिक मुद्दाहरु हल हुनेछन् भन्ने अपेक्षा सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।
२. नेपालको संविधान २०७२ लाई शसोधन गरी संविधानको अनुसूची ८ हटाई विद्यालय शिक्षालाई अनुसूची ९ को साझा सूचिमा राख्ने प्रवन्ध गर्दै विगत देखि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले माग गर्दै आएको शिक्षा आयोग र शिक्षक सेवा आयोगलाई सवैधानिक आयोग बनाउनका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
३. संसदको विषयगत समितिको छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई पेन्सन वञ्चित शिक्षकहरुको पेन्सनको प्रवन्ध गर्ने एवम् बाल विकास शिक्षक, विद्यालय कर्मचारी, राहत शिक्षक, साविक १०ं+२ का शिक्षक, छुट करार शिक्षक, प्रविधिक धारका प्रशिक्षण जनशक्ति र विशेष शिक्षामा कार्यरत जनशक्ति लगाएतका सबै चर्गका शिक्षाकर्मीलाई दरबन्दी व्यवस्था गर्दै स्थायीत्व हुने गरी नेपाल शिक्षक महासघ सँग र नेपाल सरकारका विच पटक पटक भएका सम्झौताहरु सम्बोधन हुने गरी अविलम्व शिक्षा ऐन जारी गर्न यो परिषद् जोडदार माग गर्दछ ।
४. शिक्षक महासंघ गठनमा भएको असंगतिप्रति यो परिषद् भत्सना गर्दछ। साथै विधान विपरित गठन भएका नेपाल शिक्षक महासंघका समितिहरु खारेज गर्दै विधान सम्मत् महासंघ गठन प्रकृया अगाडि वढाउन सम्बन्धित पक्षलाई यो परिषद् आव्हान गर्दछ ।
५. स्थानीय तहहरुले आस्थाको आधारमा सरुवा, प्रधानाध्यापक नियुक्तिमा धाधली, शिक्षकको बांस्ती र विदा कटौती जस्ता ज्यादती रोक्न यो परिषद् जोडदार माग गर्दछ ।

६. समय सापेक्ष शिक्षक विद्यावी अनुपात (STR) कायम गरी, सामुदायिक विद्यालयहरुको शिक्षक दरबन्दी मिलान गर्ने र दरबन्दी अपुग भएका विद्यालयहरुमा विषयगत दरवन्दी उपलब्ध गराउन यो परिषद् वैठक नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
७. तल्लो तलबाट माथिल्लो तहमा बाह्य प्रतिस्प्रधाबाट तह वृद्धि भएका शिक्षकहरुको छुट प्राविधिक ग्रेड समायोजन गरी सेवा सुविधा उपलव्ध गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हालै जारी भएको शिक्षक सरुवा निर्देशिका ज्यादै यान्त्रिक भएको र यसबाट अपायक शिक्षक, गर्भवती एवम् सानो बच्चा भएका महिला शिक्षक, स्वयम वा परिवार सदस्य दिर्घरोगी भएका शिक्षक, एवम् तल्लो तहका शिक्षकहरुवाट माथिल्लो तहको कक्षा सञ्चालन गरेका प्रस्तावित विद्यालयहरुको समस्या समाधान हुने गरी निर्देशिकालाई अविलम्व न्यायपूर्ण र व्यवहारिक हुनेगरी शंसोधन गरियोस् भनी यो परिपद् जोडदार माग गर्दछ ।
९. शिक्षकहरुको विदाको सम्बन्धमा हालै जारी भएको निर्देशन अविलम्व खारेज गरी अस्थायी, करार, राहत तथा प्राविधिक धारमा कार्यरत प्रशिक्षकहरु लगाएत सबै प्रकारका शिक्षकहरुको विरामी विदा सञ्चित हुने गरी प्रबन्ध गर्न यो परिषद् जोडदार माग गर्दछ ।
१०. नेपाल सरकारको आव। २०८१/०८२ नीति तथा कार्यक्रममा शिक्षकहरु कुनै पनि राजनैतिक दलको सदस्य हुन नहुने विषय उल्लेख गरेकामा समस्त शिक्षक समुदाय आतङ्कित बनेका छन् । यसलाई सुधार गरी शिक्षकहरुलाई सामुहिक सौदावाजीको पूर्ण उपयोग गर्ने गरी राजनैतिक अधिकार सहितको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न यो परिषद् जोडदार माग गर्दछ ।
१२. सर्वोच्च अदालतको आदेश अनुसार नेपाल सरकाबाट सैनिक सेवा र निजामती सेवामा रहेका राष्ट्रसेवकहरुको तलब र ग्रेड समायोजको प्रकृया अगाडि बढाउदा उक्त समायोजनमा सबै तहका शिक्षकलाई पनि अनिवार्य रुपमा समायोजन गर्न यो बैठक जोडदार माग गर्दछ ।

१२. बर्तमान शिक्षा नीतिले प्रभावकारी परिणाम दिन सकेको छैन तसर्थ व्यवहारिक एवम् सामयिक शिक्षा नीति ल्याई २०७६ मा लागू गरिएको पाठ्यक्रम पुर्नव्यवस्थित गर्न, क्त्भ्ब्ः भ्मगअबतष्यल को अन्तराष्ट्रिय मान्यतालाई लागू गर्न मूल्याङ्कन प्रणालीलाई विश्वासनीय, स्थिर र सार्थक बनाउन यो परिषद् जोडदार माग गर्दछ ।
१३. हाल मूलुकमा पुंजीगत खर्च नहुने र साधारण खर्चमात्र हुने कार्यले देशमा आर्थिक वृद्धि, पूर्वाधार निर्माण र रोजगारी सिर्जना हुन सकिरहेको छैन तसर्थ यो परिषद् पूँजीगत खर्चको प्रतिशतको आधारमा कर्मचारीहरुको कार्य सम्पादनको मूल्याङ्कन गर्ने नीति लागू गरियोस् भनी माग गर्दछ।
१४. हाल १० प्रतिशतको हाराहारीमा रहेको शिक्षाको बजेट वृद्धि गरी तिनै तहका सरकारद्वारा आफ्नो बार्षिक विकास बजेटको न्यूनतम २० प्रतिशत बजेट शिक्षामा विनियोजन गर्न साथै सबै प्रदेश जिल्ला र स्थानीय पालिकाहरुमा शिक्षकका संघ संगठनका प्रतिनिधिहरु रहेको शैक्षिक सम्बाद समिति उक्त समितिहरु मार्फत शैक्षिक समस्या हल गर्ने नीति अवलम्बन गरियोस् भनी यो परिषद् माग गर्दछ ।
१५. हालसालै चितवन जिल्लाको सिमलताल बस दुर्घटना, सौर्य एरलाइन्स र एयर डाइनाष्टिक हवाइ दुर्घटनावाट ठूलो धनजनको क्षती भएको छ। यसले बस तथा हवाइ यात्राको विश्वासनीयता गुमेको छ । जनताको जनधनको सुरक्षा एवम् स्थल तथा हवाइ यात्रा सुरक्षित बनाउने तर्फ उचित कदम चालियोस् भनी सरकार समक्ष यो परिषद् आव्हान गर्दछ ।
१६. संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई मासिक पारिश्रमिक खुल्ने गरी नियुक्तिपत्र दिन र समाजिक सुरक्षाकोषमा आवद्ध गराउन विद्यालय सञ्चालक समिति समक्ष र उक्त कुरा नियमन गर्न सरकार समक्ष यो परिषद् माग गर्दछ ।
१७. मुलुकमा व्याप्त ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारले जनतामा विद्रोहको भाव सिर्जना भएको छ। यसलाई समयमै निराकरण गरी सुसासन कायम गर्न र देशलाई समृद्ध बनाउन यो परिषद् जोडदार माग गर्दछ ।

१८. सार्वजनिक शिक्षा विकासका सन्दर्भमा नेपाल सरकार र शिक्षक समुदायबिच विभिन्न समयमा भएका सम्झौताको मर्म प्रतिकुल हुनेगरी कतिपय माननीय सासंदहरुवाट समग्र नेपाली शिक्षकहरुको मानमर्दन हुने गरी अशोभनीय अभिव्यक्ति दिएको कुराले सबै शिक्षकहरुलाई दुखित तुल्याएको छ। यस्ता अभिव्यक्तिहरु सच्चाई जिम्मेवार ढंगले प्रस्तुत हुँन माननीय लगाएत सम्वद्ध सबैमा यो परिषद् बैठकले आव्हान गर्दछ ।
१९. हालै छिमेकी राष्ट्र बंगालादेशमा भएको राजनैतिक परिवर्तन त्यस देशको आन्तरिक मामिलाको विषय हो तर विद्रोहका नाममा त्यहा भइरहेको अल्पसंख्यक लागाएत अन्य नागरिकहरु मावि लुटपाट तथा हत्या हिंसा, भौतिक तोडफोड तथा आगजनी जस्ता कृयाकलाप कदाचित मनासिव होइनन् । यस्ता अमानवीय हर्कतहरु रोक्न सम्बन्धित पक्षलाई यो परिषद् ध्यानाकर्षण गर्दछ ।
२०. नेपाल राष्ट्रिय शिक्षक संगठन नेपालको शैक्षिक आन्दोलनको इतिहासमा एकमात्र गौरवशाली सङ्गठन हो। यसलाई कमजोर बनाउन विभिन्न कालखण्डमा अनेकौ हर्कतहरु भएका छन् तर पनि अनेक शिक्षक सङ्गठनमा विभक्त साचीहरु यस मातृ संस्थामा फर्कने क्रममा यही परिपदको बैठकमा एल्ल्त्ब् बाट ३४८ साथीहरु NNTA मा समाहित हुनुभएको छ। यो परिषद् सम्पूर्णसाथीलाई स्वागत गर्दै अरु छरिएर विभिन्न संस्थामा रहनुभएका साथीहरुलाई यो गौरवशाली सङ्गठनमा समाहित हुन आह्वान गर्दछा
२१. खोटाङ जिल्ला गवावेशी गाउँपालिका स्थित श्री विश्वज्योति माध्यमिक विद्यालय लामिडांडामा प्राथमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक सावित्रीदेवी नेवार मगर गत २०८१ माल धावण ३० गतेका दिन घरवाट विद्यालय जाँदै गरेको अवस्थामा विहान बन्दाजी ९:३० बजे अचानक आएको पहिरोमा परी कार्यसम्पादनको शिलशिलामै दुखद् निधन भएकोमा स्व। सावित्रीदेवी नेवारमागर प्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै उक्त दुर्घटनाको उचित क्षेतीपूर्ति तथा परिवारले पाउँने सुविधा अविलम्व उपलव्ध गराउन यो परिषद् जोडदार माग गर्दछ ।।