सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

२०८१, भाद्र २९ शनिवार

  • 721
    SHARES

  • सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्री ओलीसँग छलफल गर्दै

    काठमाडौँ । सहकारी संस्थाका बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ। आज बेलुका ५ बजे सिंहदरवारमा समितिले प्रधानमन्त्री ओलीसँग सुझाव लिन र छलफल गर्ने भएको हो । 

    समितिले शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी वसन्त कुँवरसँग छलफल गर्दै सहकारीको रकम ठगेर विदेशमा फरार २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा उपलब्ध गराउन निर्देशन दिएको थियो।

    समितिले फरार व्यक्तिहरूको खोजबिन गर्न गत साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिए। 

    २०८१, भाद्र २९ शनिवार११:२९:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार