रुस र युक्रेनबीच दुई दिनमा दोस्रो पटक बन्दी आदान-प्रदान

रुस र युक्रेनबीच दुई दिनमा दोस्रो पटक बन्दी आदान-प्रदान

२०८१, भाद्र ३० आइतवार

  • 621
    SHARES

  • रुस र युक्रेनबीच दुई दिनमा दोस्रो पटक बन्दी आदान-प्रदान

    एजेन्सी । युद्धमा रहेको रुस र युक्रेनले शनिबार २ सय ६ बन्दीहरू आदान-प्रदान गरिएको छ। दुवै तर्फबाट समान १०३-१०३ बन्दीहरू आदान-प्रदान गरिएको हो।

    जसमा संयुक्त अरब एमिरेट्सले मध्यस्थता रहेको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बन्दीहरूको रिहाइलाई आफ्ना सेनाहरूले रूसमा हालै गरेको आक्रमणको नतिजा भएको बताए। उनले भने, ‘रिहा गरिएका युक्रेनीहरूमा ८२ सैनिक र २१ अफिसरहरू रहेका थिए।’

    त्यस्तै, रुसी रक्षा मन्त्रालयले १०३ रुसी सैनिकहरू कुर्स्क क्षेत्रको सीमामा बन्दी बनाइएकाहरू रहेको बताए। अगस्टमा युक्रेनी सेनाले अचानक आक्रमण गरेको थियो। ‘हाम्रा मान्छेहरू घर फर्किएका छन्’, आफ्ना सेनाहरू फिर्ता ल्याएपछि जेलेन्स्कीले टेलिग्राम म्यासेजिङ एपमा भने,’हामीले सफलतापूर्वक १ सय ३ जना वारियर्सलाई रुसी कैदबाट युक्रेन फर्काएका छौं।’

    आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा उनले आफ्ना लडाकु र सेनालाई साहसको लागि धन्यवाद दिए। साथै, आदान-प्रदानको जिम्मा लिएका टोलीलाको प्रशंसासमेत गरे। जेलेन्स्कीले राष्ट्रको निलो र पहेँलो झण्डा ओडेर एक अर्कामा अंगालो हालेका, मोबाइल फोनमा कुरा गरिरहेका र समूह फोटो खिचिरहेका सैनिकहरूको तस्बिरहरू पोस्ट गरेका थिए।

    आफ्नो भिडियो सम्बोधनमा रिहा गरिएका सैनिकहरूमा मरियुपोल शहरको रक्षा गर्न लड्ने सैनिकहरू भएको बताए। आजोव ब्रिगेड, जसले २०२२ मा बन्दरगाहको तीन महिने रक्षा कार्यमा भाग लिएको थियो। आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गर्दै भन्यो कि शनिबार रिहा गरिएका कैदीहरूमा उनीहरूको २३ जना सदस्यहरू पनि थिए।

    किभ र मस्कोले २०२२ को फेब्रुअरीमा रूसको आक्रमणपछि बारम्बार बन्दीहरूको आदानप्रदान गरेका छन्। शनिबारको आदानप्रदान तेस्रो हो। जुन युक्रेनले अगस्टको सुरुमा रूसको कुर्स्क क्षेत्रमा आक्रमण गरेपछि भएको हो।

    युक्रेनी अधिकारीहरूले यसअघि भनेका थिए कि किभका सेनाहरूले आक्रमणको क्रममा कम्तिमा ६०० रुसी सैनिकहरूलाई कब्जा गरेका थिए र यसले युक्रेनी बन्दीहरूको रिहाइलाई सुरक्षित गर्न मद्दत गर्ने छ। युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले अहिलेसम्म ५७ पटक आदानप्रदान गरेर ३,६७२ युक्रेनीहरूलाई सुरक्षित गरेको बताए।

    २०८१, भाद्र ३० आइतवार०८:३४:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार