घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८१, आश्विन १४ सोमवार

  • 697
    SHARES

  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै आयल निगमले मूल्य घटाएको छ। 

    निगमले भोलिदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ, आन्तरिक हवाई ईन्धन प्रति लिटर ६ रुपैयाँले घटाएको हो। त्यसैगरी अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ४५ डलरले घटेको छ। अब पेट्रोलको नयाँ मूल्य १५८ रुपैयाँ, डिजेल तथा मट्टितेलको नयाँ मूल्य १४७ रुपैयाँ, आन्तरिक हवाई ईन्धन १२६ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौंको हकमा प्रति किलोलिटर ९६० डलर तथा पोखरा र भैरहवाको हकमा ८६० डलर कायम भएको छ।

    एलपीजी ग्याँसमा प्रति सिलिन्डर २६९.८० रुपैयाँले घाटा भए पनि पुरानो विक्री मूल्यलाई नै यथावत राखिएको छ। 

    २०८१, आश्विन १४ सोमवार१०:५७:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार