प्रधानमन्त्री ओली आज लुम्बिनी जाने, २८९ जना विद्यार्थी दीक्षित हुँदै

प्रधानमन्त्री ओली आज लुम्बिनी जाने, २८९ जना विद्यार्थी दीक्षित हुँदै

२०८१, मंसिर १४ शुक्रवार

  • 745
    SHARES

  • प्रधानमन्त्री ओली आज लुम्बिनी जाने, २८९ जना विद्यार्थी दीक्षित हुँदै

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार रुपन्देही जाने भएका छन् ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री ओली आज बिहान ११ बजे लुम्बिनी जाने कार्यक्रम छ ।

    विश्वविद्यालयका सूचना अधिकारी चुडामणि पोखरेलले कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भट्टराई पनि कार्यक्रममा आउने जानकारी दिए ।

    कार्यक्रममा २८९ जना विद्यार्थी दीक्षित हुँदैछन् ।

    २०८१, मंसिर १४ शुक्रवार१०:३४:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार