नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी 

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी 

२०८१, पौष १ सोमवार

  • 689
    SHARES

  • नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी 

    काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत पाए । यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन् । उनी ४ हजार २३० मतका साथ विजयी भएका हुन् । 

    महिला उपाध्यक्षमा नितु पण्डितले ४ हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द ४ हजार २९२ मतका साथ विजयी भएका छन् । महासचिवमा रामप्रसाद दाहाल ४ हजार २९२ मतसहित विजयी भएका छन् ।

    कोषाध्यक्षमा रामकृष्ण अधिकारीले ३ हजार ८ सय ४७ मत ल्याएर विजयी हुँदा प्रतिद्धन्दी रामकृष्ण ज्ञवालीले ३ हजार ४ सय ६४ मत मात्र प्राप्त गरे । 

    २०८१, पौष १ सोमवार०९:२३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार