वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न जिफन्टको माग

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न जिफन्टको माग

२०८१, पौष २ मंगलवार

  • 677
    SHARES

  • वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न जिफन्टको माग

    काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान सुनिश्चित गर्न श्रमिक संघसंगठनले माग गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले योगदानमा आधारित रकम नियमित नहुँदा श्रमिक समस्यामा परेका बेला सामाजिक सुरक्षा कोषको सुविधाबाट वञ्चित भएकाले त्यस्तो माग गरेका हुन् ।

    अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको पूर्वसन्ध्यामा मंगलबार जिफन्टले पत्रकार सम्मेलनमा आयोजना गरी वैदेशिक रोजगारमा जाने श्रमिकसम्बन्धी तथ्यांकसमेत सार्वजनिक गरेको छ ।

    सो अवसरमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकरयोगदानकर्ता माझ सचेतनाका कार्यक्रम सञ्चालन गर्न, प्रविधिको प्रयोग गरी रकम पठाउन, भरपर्दो र सहज बनाउन तथा नियमित योगदानलाई प्रोत्साहन गर्नका लागि प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरे । ‘श्रमिककोे योगदान नियमित नहुनाले कोषको स्किमअनुसार श्रमिक स्वयम् र परिवारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको छ’, उनले भने ।

    खाडी मुलुकमा मात्र नभएर युरोप, अमेरिका जस्ता विकसित देशमा पनि बैदेशिक रोजगारकर्मीलाई लक्षित गरि 'जिफन्ट सहायता कक्ष' स्थापना गरिएको महासचिव लक्ष्मण शर्माले बताए ।  

    ‘सामाजिक सुरक्षा नियमित योगदान, श्रमिकको अधिकार संरक्षण’ भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

    सरकारले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ मङ्सिर २८ गते जारी गरेर सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गरेको छ ।

    कोषमा सूचीकरण अनिवार्य गरेपछि २०८१ साल मङ्सिर २८ गतेसम्म १३ लाख एक हजार ७८ जना श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकरण गरिएका छन् । उनीहरूले तीन अर्ब २२ करोड ७४ लाख चार हजार चार सय ५२ योगदान गरेका छन् ।

    आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारका लागि पुन: श्रम स्वीकृति लिने सात लाख ४१ हजार दुई सय ९७ जना र नयाँ श्रम स्वीकृति लिने चार लाख ६० हजार एक सय दुई जना रहेका छन् ।

     

    २०८१, पौष २ मंगलवार११:१२:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार