सुर्यशक्ति सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न, लेखा समिति संयोजकमा नेपाल

सुर्यशक्ति सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न, लेखा समिति संयोजकमा नेपाल

२०८१, पौष २७ शनिवार

  • 1.3K
    SHARES

  • सुर्यशक्ति सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न, लेखा समिति संयोजकमा नेपाल

    काठमाडौं । सुर्यशक्ति बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    शुक्रवार काठमाडौंमा संस्थाका बहुमत शेयर सदस्यको उपस्थितिमा सुर्यशक्तिको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

    संस्थाको १५ वर्षे अवधिमा विभिन्न उतारचढाव आए पनि शसक्त ढंगले संस्था अगाडी बढेको कर्मचारी नेता तथा संस्थाका अध्यक्ष भोलानाथ पोखरेलले बताए ।

    तत्कालिन नेकपा एमाले कर्मचारी नेताद्धारा संस्थापित हाल एमाले र एकिकृत समाजवादीका कर्मचारी नेता समेतको उपस्थितिमा सम्पन्न सभा अत्यन्तै सुमधुर एवं रचनात्मक वातावरणमा सम्पन्न भएको हो ।

    221.jpg

    सभाले असल वचतकर्ताको रुपमा युवराज दुलाल, असल ऋणीहरु टहल बहादुर खँड्का र रत्न गुरागाईँलाई सम्मान गरेको थियो । ऋणमा लिँदै आएको व्याजको प्रतिशत घटुवा गरि वार्षिक १२ प्रतिशत कायम गर्न सभाले अनुमति दिएको छ । 

    आ व २०८०/८१ सम्म आई पुग्दा संस्थाको चुक्ता पुँजी करिव १४ लाख रहेको छ भने करिव डेढ करोडको कारोवार गर्न सफल भएको छ । यद्यपि विभिन्न कोष खडा गर्नु पर्दा यस पटक मुनाफा वितरण गर्न नसकिए पनि यातायात खर्च वापत रु ५ सय प्रदान गरिने कोषाध्यक्ष वेद लावतीले बताए । 

    त्यस्तै, क्यान्सर जस्तो जटिल रोगका कारण देव कुमार बरालको निधन भई खालि भएको लेखा समितिको संयोजकमा संस्थापक सदस्य समेत रहेका समाजसेवी नेता समिर नेपाललाई सभाले चयन गरेको छ । नेपालको कार्यकाल आगामी २ वर्ष हुने छ । 

    २०८१, पौष २७ शनिवार०३:४४:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार