गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न

गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न

२०८१, माघ १३ आइतवार

  • 2.0K
    SHARES

  • गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । नेपाल भारत मैत्री संघ काठमाडौं जिल्ला शाखाले निःशुल्क आँखा जाँच शिविर संचालन गरेको छ ।

    शनिवार काठमाडौंको श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालय सिफलको प्रांगणमा मित्रराष्ट्र भारतको ७६औं गणतन्त्र दिवसको उपलक्ष्यमा १ दिने आँखा जाँच शिविर सम्पन्न गरेको हो । विद्यालयका अभिभावक, विद्यार्थी, स्थानिय र अन्य गरि २७५ जनाले आँखा शिविरबाट लाभ प्राप्त गरेका थिए ।

    55.jpg

    सो अवसरमा शिविरका साथै जिल्ला शाखा सभापती जानुका कार्की गिरीको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम समेत संचालन भएको थियो ।

    कार्यक्रममा भारतिय राजदुतावासका प्रथम सचिव डा शाहिल कुमारले प्रमुख आतिथ्यता प्रदान गरेका थिए भने केन्द्रिय कार्यवाहक अध्यक्ष शैलेन्द्र झा, महासचिव बोधकृष्ण सुवेदी, काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष बिमल कुमार होडा लगायतको आतिथ्यता रहेको थियो ।

    31.jpg

    धार्मिक, सांस्कृतिक, सामाजिक लगायतका सम्बन्धबाट नेपाल भारत मित्रता नयाँ उचाईमा रहेकाले सोही अनुसार गतिविधिलाई बढावा दिन प्रथम सचिव डा शाहिलले आग्रह गरेका थिए । 

    44.jpg111.jpg2.jpg

    २०८१, माघ १३ आइतवार०९:२१:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार