भ्रष्टाचारको सूचकांकमा नेपालको १ स्थान सुधार 

भ्रष्टाचारको सूचकांकमा नेपालको १ स्थान सुधार 

२०८१, माघ २९ मंगलवार

  • 733
    SHARES

  • भ्रष्टाचारको सूचकांकमा नेपालको १ स्थान सुधार 

    काठमाडौं । विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपाल १०७औं स्थानमा परेको छ । 

    यसअघि १०८ औँ स्थानमा रहि अधिक भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा परेको हो ।

    भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान सुधार गरेको हो । 

    गत वर्ष नेपाल ३५ अंक पाएर १०८औं स्थानमा थियो । सूचकांक अंक कम भए पनि अन्य देशमा भ्रष्टाचार बढ्दा नेपाललाई स्थान सुधारमा फाईदा पुगेको हो । 

    विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । 
    भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ।

    ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ ।

    डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरि विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रूपमा रहेको छ भने साउथ सुडान ८अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

    छिमेकी मुलुक चीनले ४३ अङ्क र भारतले ३८ अङ्क प्राप्त गरेका छन् । 

    २०८१, माघ २९ मंगलवार११:४२:०९
    प्रतिक्रिया
    सम्बन्धित समाचार