कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी

कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी

२०७७, माघ ९ शुक्रवार

  • 2.1K
    SHARES

  • कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी

    माघ ९, पुणे । 

    कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ । 

    लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएपनि अन्य ठूलो क्षति भएको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक भएको छ । 

    आगो नियन्त्रणका लागि १० ओटा दमकल परिचालन गरिएको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको जनाइएको छ । 

    आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ । 

    एक अधिकारीले भने “आगलागीका कारण कोरोनाविरुद्धको खोप उत्पादन कार्यमा भने कुनै असर परेको छैन ।”

    यो कम्पनीले उत्पादन गरेको खोप नै अहिले भारत अभियानकारूपमा लगाइराखिएको छ ।- एजेन्सी ।  

    २०७७, माघ ९ शुक्रवार०७:००:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार