काठमाडौं । ४९ नम्बरको ब्रोकरको रुपमा कारोबार गर्ने अनलाइन सेक्युरिटिज लिमिटेडका सञ्चालक तथा अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निधन भएको छ।
दीर्घकालीन रोग मृगौला समस्याबाट गुज्रिरहेका पौडेलको बिहीबार बिहान उनकै निवासमा निधन भएको हो। मृगौलामा समस्या देखिएपछि भारतमा मृगौला प्रत्यारोपण गरिए पनि सफल हुन नसक्दा उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो।
उनका पत्नी र तीन सन्तान रहेका छन् ।