शिक्षकहरूका माग पुरा गरिन्छ : प्रधानमन्त्री ओली

शिक्षकहरूका माग पुरा गरिन्छ : प्रधानमन्त्री ओली

२०८१, चैत्र २२ शनिवार

  • 805
    SHARES

  • शिक्षकहरूका माग पुरा गरिन्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

    शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुमाझ शिक्षकहरु अहिलेको सरकासँग विश्वास गरेर प्रदर्शनमा आएको भन्दै धन्यवाद दिए।

    अहिलेको सरकारले आफूहरुका माग पूरा गर्ने ठानेर प्रदर्शनमा शिक्षकहरू प्रदर्शनमा आएको उनले जिकिर गरे। उनले सरकार शिक्षकविरोधी नभएको र शिक्षकहरु पनि सरकार विरोधी नभएको उल्लेख गर्दै मागहरु छलफलबाट टुंग्याइने बताए।

    ‘शिक्षकहरुलाई म धन्यवाद भन्न चाहन्छु। किनभने सरकारमाथि विश्वास गरेर उहाँहरु यो प्रदर्शनमा आउनुभएको छ। नत्र पहिला प्रदर्शन गर्नुहुन्न थियो नि यसरी,’ उनले भने,’अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास छ। त्यसकारण आउनुभएको हो। हामी कुराकानी पनि गर्छौं। हामी उहाँहरुका कुरा सुन्छौँ पनि।’

    २०८१, चैत्र २२ शनिवार०३:३२:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार