सरकारद्धारा शिक्षक महासंघलाई वार्ताका लागि आव्हान, बैठक पश्चात मात्र जवाफ दिने महासंघको धारणा 

सरकारद्धारा शिक्षक महासंघलाई वार्ताका लागि आव्हान, बैठक पश्चात मात्र जवाफ दिने महासंघको धारणा 

२०८१, चैत्र २६ बुधवार

  • 777
    SHARES

  • सरकारद्धारा शिक्षक महासंघलाई वार्ताका लागि आव्हान, बैठक पश्चात मात्र जवाफ दिने महासंघको धारणा 

    काठमाडौँ। सरकारले बोलाएको वार्तामा जाने नजानेबारे शिक्षक महासंघको कोर टिम बसेर निर्णय गर्ने भएको छ । 

    मंगलबार आन्दोलनको समीक्षा गर्न बसेको बैठकले वार्तामा जानेरनजाने निर्णय गरेन ।

    बुधबार बिहान फेरि छलफल गरेर निर्णय गरिने आन्दोलन परिचालन कमिटीको संयोजक एवं महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।

    ‘आन्दोलनको समीक्षा गर्‍यौँ। आन्दोलनलाई निरन्तरता दिन्छौँ। सरकारको विज्ञप्ति पनि पाएका थियौँ । यही आधारमा वार्तामा जाने निर्णय भएको छैन । विश्वासको वातावरण बन्नु पर्‍यो । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन वा अध्यादेशबाट ऐन ल्याउने हो त्यो सुनिश्चित हुनुपर्छ,’ उनले भनिन्, ‘वार्तामा जाने नजाने आज निर्णय भएन । निचोडमा पुगेको छैन। भोलि बिहान कोर टिम बसेर छलफल गर्छौँ । त्यसपछि सरकारलाई जवाफ दिन्छौँ।’

    सरकारले आज तेस्रो पटक वार्तामा बोलाएको हो। यसअघि चैत्र २१ र २२ गते वार्ताका लागि बोलाइँदा समेत महासंघ गएको छैन । सुनिश्चितता नभई वार्तामा नजाने अडान महासंघको छ । 

    शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक २० चैतदेखि काठमाडौंमा छन् । २५ गतेबाट आमशैक्षिक हडताल गरेर शिक्षकहरूले आन्दोलन गरिरहेका छन्।

    २०८१, चैत्र २६ बुधवार०४:४५:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार