अमेरिका–चीन ब्यापार युद्धः अमेरिकी सामानमा चीनद्वारा ८४ प्रतिशत आयात कर घोषणा

अमेरिका–चीन ब्यापार युद्धः अमेरिकी सामानमा चीनद्वारा ८४ प्रतिशत आयात कर घोषणा

२०८१, चैत्र २७ बिहिवार

  • 633
    SHARES

  • अमेरिका–चीन ब्यापार युद्धः अमेरिकी सामानमा चीनद्वारा ८४ प्रतिशत आयात कर घोषणा

    एजेन्सी । अमेरिकाले विश्वव्यापी रुपमा ल्याएको आयात कर पछिल्लो समय चीन र अमेरिका बीचको व्यापार युद्धमा परिणत भएको छ।

    अमेरिकाले सुरुमा गरेको आयात कर विरुद्ध जवाफमा चीनले ३४ प्रतिशत प्रतिशोधात्मक कर लगाउने घोषणा गरेको थियो।

    जवाफमा ट्रम्पले चिनियाँ सामान आयातमा १ सय ४ प्रतिशत कर घोषणा गरेपछि चीनले पनि अमेरिकालाई जवाफ स्वरुप ८४ प्रतिशत आयात कर घोषणा गर्दा विवाद उत्कर्षमा पुगेको छ।

    चीनले यो महसुल बिहीबारबाट लागू हुने जनाएको छ। यसअघि चीनले ह्वाइट हाउसलाई धम्कीपूर्ण अभ्यास गरेको भन्दै चीन नझुक्ने र अन्तिम सम्म लड्ने बताएको थियो।

    बेइजिङले अमेरिकी आयातमा लगाइने महसुल ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्‍याएसँगै विश्वभर ब्यापार युद्धको प्रभावले ठूलो समस्या निम्तिन सक्ने आकलन गरिएको छ।

    विश्वका दुई ठुला आर्थिक महाशक्तिबिचको यो लडाँइमा साना आय भएका मुलुकहरु पिल्सिन सक्ने सम्भावना बढेको छ। यता, व्यापारका मामिलामा ‘सबैभन्दा खराब व्यवहार गर्ने’ भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेका ६० देशमाथि नयाँ आयात शुल्क लागू भइसकेको छ।

    ट्रम्प भन्छन्, ‘प्रभावित देशहरूले मलाई फोन गर्दै चाकरी गर्न थालेका छन्।’

    जबकि विज्ञहरू चेतावनी दिँदैछन् कि यी महसुलले वस्तुहरूको मूल्य बढाउन सक्छ र यसले विश्वलाई नयाँ आर्थिक मन्दीमा फसाउन सक्ने छ। ट्रम्पले विश्व नेताहरुले अमेरिकालाई लुटेको भन्दै अब अमेरिकाको पालो आएको घोषणा गरेका छन्।

    चीनको नयाँ जवाफि आयत कर घोषणा पछि युरोपेली सेयर बजार थप ओरालो लागेको छ। अर्कोतर्फ लगानीकर्ताहरू दीर्घकालीन अमेरिकी सरकारी ऋण पत्रहरु बेचिरहेका छन्, जुन परम्परागत रूपमा सुरक्षित लगानी मानिन्छ।

    चीनले अमेरिकालाई सोझै जवाफ दिइरहँदा अन्य मुलुकहरु भने कुटनीतिक तरिकाले समाधान गर्न प्रयासरत छन्। यसलाई ट्रम्पले विश्व नेताले आफ्नो चाकरी गर्न थालेको रुपमा बुझेका छन्। यो घोषणाले विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरूबीचको तनाव झन् गहिरिने संकेत गरेको छ।

    २०८१, चैत्र २७ बिहिवार०४:४७:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार