नेपाल भारत मैत्री संघको अध्यक्षमा शैलेन्द्र मोहन झा निर्वाचित

नेपाल भारत मैत्री संघको अध्यक्षमा शैलेन्द्र मोहन झा निर्वाचित

२०८२, बैशाख २ मंगलवार

  • 2.2K
    SHARES

  • नेपाल भारत मैत्री संघको अध्यक्षमा शैलेन्द्र मोहन झा निर्वाचित

    काठमाडौं । नेपाल भारत मैत्री संघको अध्यक्षमा शैलेन्द्र मोहन झा निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न संघको नवौं मैत्री सभाले झाको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । 

    अधिवेशनले सहअध्यक्षमा बोधकृष्ण सुवेदी, वरिष्ठ उपाध्यक्षमा वासुदेव उपाध्याय, कमला ढुंगेल (महिला), उपाध्यक्षमा छत्र गिरी, लमरजा सिंह, विष्णु प्रसाद सापकोटा, हरिराम पौडेल, शिशिर लम्साल, धन बहादुर बस्नेत, हरिशंकर ठाकुर र महासचिवमा श्री प्रसाद कोइरालालाई निर्वाचित गरेको छ ।

    अध्यक्ष : शैलेन्द्र मोहन झा 
    88.jpg

    त्यस्तै, सदस्यहरुमा ज्योति न्यौपाने, इन्द्रवनन्द शाह, हुलास सरिया, खड्ग बहादुर खँड्का, मोहन कुमार शर्मा, सन्तोष कुमार, विणा सिन्हा, शेषकान्त शर्मा, रमेश प्रसाद अधिकारी, शान्ता नराल, भद्रा भण्डारी, तिलक बहादुर थापा, माधव प्रसाद घिमिरे, प्रदिप कुमार गुप्ता, मनोज यादव, मोहनराज शर्मा, प्रेम बहादुर डाँगी, पुष्पराज जोशी लगायतका निर्वाचित भएका संघले जनाएको छ । 

    संघमा यस अधिका अध्यक्षमा ओम सरावगी रहेका थिए । नेपाल भारत विचमा रहेको प्रगाढ सम्बन्धलाई थप विस्तार गर्दै संस्कृति, परम्परा, रीतिरिवाज लगायतलाई आदानप्रदान गर्नेगरि वि.सं.२०१२ सालमा मैत्रीसंघको स्थापना भएको हो ।

    संघका देशैभर जिल्ला शाखा तथा क्षेत्रीय स्तरका उपशाखा रहेका छन् । काठमाडौंमा जानुका कार्की गिरीले संघको नेतृत्व गरिरहेकी छन् । 

    महासचिव: श्री प्रसाद कोईराला

    80.jpg

    २०८२, बैशाख २ मंगलवार०८:२२:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार